
![]() |
काठमाडौं : चीनले अनुदानमा उपलब्ध गराएको पहिलो चरणको खाद्यान्न नेपाल आइपुगेको छ । भारतले तीन महिनादेखि गरेको अघोषित नाकाबन्दीसँगै आपूर्ति असहज भइरहेका बेला चीनले राहतका लागि खाद्यान्न उपलब्ध गराएको हो ।
नेपाल खाद्य संस्थानले चीनले अनुदानमा उपलब्ध गराएको खाद्यान्न, नुन र तेल रसुवाको केरुङबाट ल्याएको छ । संस्थानका प्रवक्ता मणिराज खनालका अनुसार चीनले पहिलो चरणमा ३० मेट्रिक टन चामल, १० मेट्रिक टन तेल र १० मेट्रिक टन नुन उपलब्ध गराएको छ । यसैगरी तीन हजार इन्डक्सन चुलो पनि उपलब्ध गराएको छ ।
चीन सरकारले १० लाख अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउने जनाएको थियो। त्यसमध्ये पहिलो चरणको सामग्री आइपुगेको हो । खनालले प्राप्त भएको सामग्री सञ्चालक समितिले मूल्य निर्धारण गरेपछि सहुलियत दरमा बिक्री गरिने बताए ।
यो सामग्री बिक्री गरेर प्राप्त भएको रकम सरकारको प्राकृतिक तथा दैवीप्रकोपसम्बन्धी विपद् व्यवस्थापन कार्यमा खर्च गरिने संस्थानले जनाएको छ । अनुदानमा प्राप्त भएको खाद्यान्न ढुवानीको रकम सरकारसँग माग गरिनेछ ।

![]() |
0 comments:
Post a Comment