news

एक गाँस भात चपाएर जब एक अंगालो स्वास्नी च्याप्दै मनुवा शयनकक्षमा निदाउने प्रयत्नमा हुन्छन्, तब सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्, इशारागरिरहेका हुन्छन्’ चुरोटको धुँवा, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् भइरहेको हुन्छ डान्स बारमा

तर यिनै सुन्दरीहरुको जीवन बदनाम छ र भविष्य गुमनाम छ काठमाडौं सहरमा रात ढल्दै गएपछि धपक्क बल्छ काठमाडौंका केही घरहरु । ठमेल, बानेश्वर र सुन्धारा अग्रप्रक्तिमा देखिन्छन् । एउटा सानो फ्लाट हुन्छ, जताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ । डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई ‘झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो ।

काठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । दिनभरको थकान मेटाउने बहाना होस् या घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । सपनाको पनि राजधानीमा काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्, तब पुग्छन् सडक हुँदै डान्स बारमा । सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले ‘स्पेस’ दिए भने बन्छर डान्सर पनि । ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन एक थान ‘अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि हुन्छ ।

‘मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त!’ उनीले भनिन्, ‘किन नचिन्नु, खोइ भाग्यले कहाँ पुर्यायो?’ काठमाडौंमा गुपचुप कुमारित्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पुरयाउँछन् ।

रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुरयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु पर्यो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।’

उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ?’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।’ उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डान्सबार चले पनि तलब खुवाउन नसकेको र उधारोमा फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।’

बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको?’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिन ।

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment