झापामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु


पौष २, झापाको मेचिनगर ४ मा गएराति हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । ६८ वर्षीय डम्बरबहादुर कुँवरको बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

सूर्यवन क्षेत्र नजिकै रहेको मेचिनगरमा राति चार वटा हात्ती बस्तिमा पसेको स्थानीय बासिनदाहरुले बताएका छन् । हात्ती बस्तिामा पसेको हल्ला भएपछि हात्तीको डरले घरबाट निस्कि भाग्ने क्रममा हात्तीकै आक्रमणबाट ६८ वर्षीय कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस क्षेत्रमो पहिल्यै देखि हात्तीले आतंक मच्चाउँदै आएको स्थानीय बासिन्दाहरुले जनाएका छन् । 

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment